sol@mwu.edu.np / lschoolmu@gmail.com,     083-521395     
LIBRARY
“कानूनको अनविज्ञता क्षम्य हुँदैन”
Eng     Nep
Journal

२०७७/०३/१५

 

लेख/रचना उपलब्ध गराउने सम्बन्धि सूचना ।।

 

कानुनको अज्ञानता क्षम्य हुँदैन” भन्ने विधिशास्त्रीय मान्यता भएता पनि  पर्याप्त कानुनी शिक्षा तथा सूचनाको अभावमा कानुन सम्बन्धि रहेको न्यून जानकारी तथा ज्ञानलाई विस्तार गरिनुपर्छ । औपचारीक तथा अनौपचारीक रुपमा कानुन सम्बन्धि बिषय वस्तुहरुमा आमनागरिक तथा विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुको पहुँच तथा संलग्नतामा विस्तार गर्दे कानुनको क्षेत्रमा संलग्न व्यक्तिहरुको अध्ययन तथा अनुसन्धान कार्यलाई अझ मजवुत बनाउँदै जानुपर्छ । यस प्रकारको पहुँच तथा संलग्नताको विस्तारले  देशमा शान्ति सुव्यवस्था तथा कानुनी शासनलाई कायम गर्न मद्दत पुग्दछ भन्ने हाम्रो मान्यता रहेको छ । सोही मान्यता अनुरुप मध्यपश्चिमाञ्चल विश्वविद्यालय “स्कुल अफ ल” ले समकालीन विषयमा रचनात्मक बहस र विचारहरुको साटासाट गर्ने हेतुका साथ कानुनी लेख रचनाहरुको प्रकाशन गर्न  “कानूनी अध्ययन” नामक जर्नल प्रकाशन गर्ने प्रयास गरेको छ । यस प्रकाशनलाई अघि बढाउन सदैब विज्ञ लेखक तथा पाठकहरुको महत्वपूर्ण भूमिका रहने हुदा याहाँहरुबाट आवश्यक लेख/रचनाका साथै सरसल्लाह तथा सहयोगको  अपेक्षा पनि गर्दछौ ।

 

सम्पादकीय नीतिः

  • प्रकाशनका लागि पठाईएको लेख/रचनाको माध्यम नेपाली भाषा हुनुपर्नेछ ।
  • प्रकाशनका लागि लेख/रचना पठाउँदा लेखकले आफ्नो नाम, छोटो परिचय, इमेल, फोन नम्बर, एकप्रति पासपोर्ट साइजको फोटो र सम्बद्धताका साथै लेखको शिर्षक कभर लेटरका साथ अलग्गै उपलब्ध गराउनुपर्ने छ ।
  • लेख/रचनामा Keywords पनि समावेश गरिएको हुनुपर्ने छ।
  • लेख/रचनामा "OSCOLA Citation/Referencing Rule" अन्र्तगत पछिल्लो अपडेटेड भर्सन अनुसार अपनाएको  हुनुपर्नेछ । "OSCOLA Citation/Referencing Rule" सम्बन्धि Fourth Edition को Link यसप्रकार रहेको छ

https://www.law.ox.ac.uk/sites/files/oxlaw/oscola_4th_edn_hart_2012.pdf   

  • लेखहरु उपलब्ध गराउँदा MS Word (doc/docx) Format को A4 साइजमा, प्रिती/कान्तिपुर फन्टमा, फन्ट साइज १६ र १.५ को लाईन स्पेश राखी तयार  गर्नुपर्ने छ ।
  • कानुन विषयसँग सम्बन्धित अनुसन्धानमूलक र विश्लेषणात्मक लेखहरु ३०००—५००० (फुटनोट/रिफ्रेन्स बाहेक) शब्द नबढाई तयार गरी आगामी  २०७७ असोज १५ गते भित्र इलेक्ट्रोनिक प्रति तल उल्लेख गरिएको ईमेलमा पठाउनु पर्नेछ ।
  • लेख रचना पठाउँदा “कानूनी अध्ययन” को ईमेल lawjournal.np@gmail.com  मा पठाउनु पर्नेछ ।
  • प्राप्त लेख÷रचना सम्बन्धित विषय विज्ञहरुबाट Blind Peer Review गराइने छ । Blind Peer Reviewer बाट आएको सुझाव अनुसार लेखकले आफ्नो लेखलाई फेरी सम्पादन गरी पेश गर्नुपर्नेछ ।
  • Blind Peer Reviewer को सुझाव अनुसार सम्पादन गरिआएको लेख/रचना सम्पादन समितिबाट प्रकाशनकालागि स्वीकृत भएमा मात्र प्रकाशन गरिनेछ ।
  • प्रकाशनका लागि स्वीकृत नभएका लेख/रचना फिर्ता गरिने छैन ।
  • प्रकाशनका लागि पा्रप्त लेख/रचना प्रकाशन गर्ने/नगर्ने अन्तिम निर्णयको अधिकार पूर्णरुपमा सम्पादकमण्डलमा निहित रहने छ ।
  • प्राप्त लेख/रचना लेखकले यस “कानूनी अध्ययन” मा प्रकाशन हुनुपूर्व अन्यत्र प्रकाशन नभएको भन्ने कुराको विश्वसनियता दिलाउनु पर्नेछ ।
  • प्रकाशित लेख/रचनाको प्रतिलिपि अधिकार उल्लघंन भएको खण्डमा सो लेख प्रकाशनको लागि दिने व्यक्ति नै जिम्मेवार हुनेछ।
  • उल्लेखित ढाँचामा नभएका लेख/रचनाहरु प्रकाशन गरिने छैन ।

 

थप जानकारीका लागि सम्पर्कः

मध्यपश्चिमाञ्चल विश्वविद्यालय, स्कुल अफ ल

वीरेन्द्नगर ३, सुर्खेत, नेपाल

फोन: ०८३–५२१३९५

इमेलः mu.lawjournal.np@gmail.com  / lschoolmu@gmail.com